कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

भीम रावलले सुदूरपश्चिम इन्चार्ज नपाएपछि …

 एमाले उपाध्यक्ष भीम रावल आफै माधव कुमार नेपालको पक्षवाट संस्थापन पक्षसंग वार्ता टोलीका संयोेजक थिए । तर वार्ता टोलीमा रहेका सबैले अन्तिम अवस्थामा आएर माधव कुमार नेपालको साथ छोडेर संस्थापन पक्षमै फर्किए ।

बिज्ञापन

माधव नेपालले अर्को पार्टी दर्ता गरे । तर माधवको साथ छोडेर एमालेमा फर्किएकाहरु भने एता न उताका हुने अवस्था देखिएको छ ।२०७५ जेठ २ पुर्वको अवस्थामा पार्टीलाई फर्काउन ओली सहमत भएकाले उनीहरुले माधव नेपालको पार्टी फुटाउने निर्णय गलत हो भन्दै संस्थापन पक्षमै फर्कने निर्णयमा पुगेका थिए ।

तर नेपाल पक्षका प्रभावशाली नेताहरुलाई एमालेमै रोक्न सफल भएका ओलीले अर्को चाल चले । माधव नेपाल पक्षवाट आएकाहरुलाई पुर्ववत जिम्मेवारी दिएनन् ।त्यसैले एमाले नेता भिम रावल निरास भएका छन् ।

बिज्ञापन
No data was found

जस्तोसुकै अवस्थामा पनि पत्रकारले सोधेको प्रश्नको सामना गर्न तयार हुन्छन्। आइतबार भने संसद भवन बानेश्वरमा फरक दृश्य देखियो। प्रतिनिधिसभा बैठक सकिएपछि रावलसँग कुरा गरेर जाने भनेर पत्रकारहरू कुरेर बसेका थिए। तर रावलले कुरा गर्नै मानेनन्। पत्रकारहरूले निकै कर गर्दा पनि उनी तयार भएनन्।

बिज्ञापन
No data was found

आइतबार बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज नदिने बताए । उनलाई पार्टीको उपाध्यक्षको जिम्मेवारी निभाउन ओलीले निर्देशन दिए । ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै कायम रहने समेत भनेका थिए। त्यसपछिको घटनाक्रमबारे रावलले आफूनिकट सुदूरपश्चिमका सांसद, केन्द्रीय सदस्य तथा अगुवा कार्यकर्ताहरूसँग छलफल गरेका थिए।

छलफलमा रावलले दस बुँदे कार्यान्वयनमा इमानदारिता नदेखिएको बताएका थिए। उनले जस्तोसुकै अवस्थामा पनि पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्नुपर्ने धारणा समेत राखेका थिए।

२०७७ पुस ५ गतेअघि भीम रावल तत्कालीन नेकपाको सुदूरपश्चिम संयोजक थिए। २०७५ जेठ ३ मा एमाले र माओवादी एकता भएर नेकपा गठन हुनुभन्दा अघि पनि रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज थिए।पुस ५ पछि नेकपामा फेरिएको समीकरणका कारण भट्ट इन्चार्ज बनेका थिए।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0