कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

भीरबाट लडेर एक जनाको मृत्य, २ घाइते

भीरबाट लडेर डोटीमा एक जनाको मृत्य भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का सुरेश कठायत मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। 

बिज्ञापन

यस्तै २ जना घाइते अवस्थामा फेला परेको प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले बताए। घाइते फेला पर्नेमा दिपायल सिलगढी नगरपालिका २ का सुरेश परियार र वडा नम्बर ३ का मोहन साउद रहेको उनले बताए।

 मृतकसहित तिनै जना विद्युत कार्यालय पिपल्ला पछाडीको भीरमा भेटिएका हुन। बिहीवार राति मादक पदार्थ सेवन गरी उनीहरु पिपल्ला बजारबाट घर फर्किएको बुझिएको छ। 

बिज्ञापन

घाइते मोहन साउँदको शैलेश्वरी अस्पताल दिपायल र सुरेश परियारको बयालपाटा अस्पताल अछाममा उपचार भइरहेको र  घटना सम्बन्धी थप अनुसन्धान जारीरहेको प्रहरीले जनाएको छ। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0