कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

भूपेन्द्रको हत्याराको आरोपीलाई धरौटीमा छाडेको विरोधमा अदालतमा प्रदर्शन

Facebook
Twitter
WhatsApp

कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणका आरोपीलाई धराैटीमा छाडेकाे भन्दै जिल्ला अदालत अगाडि प्रदर्शन गरिएको छ। सोमवार बडुवालका आफन्तहरुले आरोपीलाई धराैटीमा छाडेकाे विराेध र कारबाहीकाे माग गर्दै कैलाली जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन्।

बिज्ञापन

उनीहरुले हत्यारालाई कारबाही गर, मान्छे मार्न पाइदैन, न्यायालय बिक्नु हुदैन लगायतका नारा लगाएका छन्। फरार अभियुक्तहरुलाई पनि कारबाहीकाे दायरमा ल्याउन माग गरिएकाे छ। 

कात्तिक २३ गते मंगलवार राति लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या भएको थियो। हालसम्म बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। यस्तै हत्या अभियोग लागेका ९ जना भने अझै फरार छन्।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0