कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

भोलि प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिइने

Facebook
Twitter
WhatsApp

गेटामा विश्वविद्यालयको माग राख्दै भोलि अर्थात् मङ्गलवार प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिइने कार्यक्रम तय भएको छ।

बिज्ञापन

विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले भोलि प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने कार्यक्रम तय भएको बताएका हुन्। सरकारले गत माघ २९ गते गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो।

सरकारले जेठ ५ गते ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि गेटामा विश्वविद्यालय सञ्चालनका लागि ऐन तर्जुमा गर्ने र विश्वविद्यालय सञ्चालनमा ल्याइने उल्लेख थियो। तर, जेठ १५ मा ल्याइएको बजेटमा गेटामा एक सय शय्याको अस्पताल र प्रतिष्ठान चलाउने कुरो आएपछि सुदूरपश्चिममा आन्दोलन थालिएको थियो।

बिज्ञापन

गेटा विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति गठन गरेर आन्दोलन भइरहेको छ। आन्दोलनकै दौरान मङ्गलवार प्रदेश प्रमुखको कार्यालय अगाडि १०ः३० देखि धर्ना बस्ने तय भएको छ। मङ्गलवार हुने धर्नामा सहभागी हुन संघर्ष समितिले सबैलाई आग्रह गरेको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0