भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुनी वायु सक्रिय हुँदै गएकाले भोलि बेलुकीदेखि ठूलो पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार विशेषगरी पहाडी भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । भोलि बेलुकीदेखि शनिबारसम्म नै झरीको सम्भावना रहेकाले बाढी-पहिरोको जोखिम बढ्नेछ ।
हिजोदेखि नै मनसुनी वायुको प्रभाव बढ्दै गएकाले आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा बागमती प्रदेश, गण्डकी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा भने ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो ।
मौसमविद् पौडेलका अनुसार आजभन्दा भोलि धेरै ठाउँमा पानी पर्नेछ । भोलि राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ ।