समाजमा अ श्ली लता फैलाउने शीर्षक राखेर भिडियो सामग्री निमार्ण गर्ने युट्युवर पक्राउ पर्न थालेका छन् । दुई साताको अवधिमा दुई जना युट्युवर पक्राउ परेका छन् । समाजमा अ श्ली लता फैलाएको आरोपमा साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला गाउँपालिका घर भइ काठमाण्डौ अनामनगर बस्ने रामबहादुर मल्ललाई पक्राउ गरेको हो । उनले युट्युब च्यालनमार्फत अ श्ली लता शीर्षकमा भिडिओ राखेर समाजमा अश्लीलता फैलाएको प्रहरीको आरोप छ ।
यस अघि‘ टेन्सन ब्रो’ नामक युट्युब च्यानलबाट विभिन्न सामाजिक सञ्जालमा अ श्ली ल शीर्षकमा भिडियो राखेको आरोपमा प्रहरीले कालीकोटको पताँला झरना गाउँपालिका घर भएका भरतबहादुर तिरुवालाई पक्राउ गरेको थियो । भ्युज बढाउने बहानामा समाजमा अ श्लि लता फैलाउने किसिमको भिडियो निर्माण गर्ने, दोहोरो अर्थ लाग्ने शब्द प्रयोग गर्ने प्रवृत्ति युट्युवमा बढ्दो छ ।