कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

मतदातालाई पैसा बाँडेको आरोपमा एमालेका वडा अध्यक्ष उम्मेदवार प्रहरी नियन्त्रणमा

Facebook
Twitter
WhatsApp

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिज्ञापन

नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेका बिसीले मतदातालाई पैसा बाँडेको सूचना आएपछि प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको हो।

बुधबार राति वडाको एक वस्तीमा रहेका मतदाताको घरमा पुगेर उम्मेदवार बिसीले  पैसा बाँडिरहेको भन्ने सूचना आएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपैयाँ झोलामा राखेको नगद समेत फेला परेको थियो ।

बिज्ञापन

‘प्रहरी पुगेर हेर्दा नगद र उहाँ मतदाताको घरमा भेटिनुभएको हो, त्यसपछि नगदसहित उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले भने, ‘यसबारे थप अनुसन्धान हुन्छ ।’

बिज्ञापन

नियन्त्रणमा लिईएका उम्मेदवार बिसीलाई गुर्भाकोटमै रहेको ईलाका प्रहरी कार्यालयमा राखिएको छ।स्थानीय तह निर्वाचन २०७९ का लागि वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधि सुरु भईसकेको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0