कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मनोमानी सिटामोल खाँदा के हुन्छ ?

Facebook
Twitter
WhatsApp

टाउको दुख्यो, ज्वरो आयो, जोर्नी दुख्यो, आलस्य भयो के गर्ने ? हामीसँग यसको झटपट उपाय छ, सिटामोल खाइदिने ।

बिज्ञापन

अर्थात् सामान्य बिसञ्चो हुनासाथ हामी सिटामोल चपाइदिन्छौं । न चिकित्सकलाई सोध्नुपर्ने, न कुनै मापदण्ड पालना गर्नुपर्ने । के सिटामोल चकलेट जस्तै मनोमानी खान मिल्छ ? खासमा कस्तो अवस्थामा सिटामोल खान सकिन्छ ? यसले के काम गर्छ ? कुन समयमा खानुपर्छ ? कति मात्रामा खानुपर्छ ? यसका कुनै साइड इफेक्ट छ वा छैन ?

जनरल फिजिसियन डा. सुनिल अधिकारी भन्छन्, ‘सिटामोलको लागि चिकित्सकको प्रेसकिप्सन नै लिनुपर्छ भन्ने त छैन । तर जथाभावी वा लगातार खानु हानिकारक हुन्छ ।’

बिज्ञापन

सामान्य ज्वरो आउँदा, मांसपेशी दुख्दा सिटामोल खान सकिने उनको भनाइ छ । ‘सकेसम्म चिकित्सकको सल्लाह लिएर खानु उचित हो,’ डा. अधिकारी भन्छन्, ‘किनभने आफूखुसी खाइरहँदा त्यसले दीर्घकालीन असर गर्न सक्छ ।’

बिज्ञापन

अन्तर्राष्ट्रिय जर्नल सर्कुलेसनमा जनाइएअनुसार पारासिटामोलको अधिक सेवनले उच्च रक्तचापको समस्या बढाउने र दीर्घकालीन रूपमा मुटुसम्बन्धी रोग निम्तिन सक्छ । यसको सामान्य प्रयोगमा कुनै साइड इफेक्ट नदेखिए पनि लामो समयसम्म यसको निरन्तर प्रयोगले गम्भीर समस्या निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

चिकित्सकका अनुसार ज्वरो आएको बेला शरीरको तापक्रम कम गर्न वा ज्वरोको असर कम गर्न सिटामोल खान सकिन्छ । त्यस्तै शरीरको कुनै भाग दुखेको छ भने पनि सिटामोल खान सकिन्छ । नेसनल न्युरो सेन्टरका स्नायुरोग विशेषज्ञ डा. सुमन भट्टराई भन्छन्, ‘तुलनात्मक रुपमा यसको साइड इफेक्ट कम छ । त्यही कारण पनि बेलाबखत खान सकिन्छ । तर नियमित खानु ठीक होइन ।’

आफूखुसी सिटामोल खाइरहँदा त्यसको मात्रा कति हो, कुन बेला खाने हो, कसरी खाने हो भन्ने जस्ता कुरामा जानकारी हुँदैन । ‘त्यसैले औषधि पसलले पनि यस्तो औषधि बिक्री गर्दा त्यसको मात्रा, प्रयोग तरिका सबै विस्तारमा बताउन जरुरी हुन्छ,’ डा. भट्टराई भन्छन्, ‘साथै यस्ता औषधि बिरामीले जति माग्छन्, त्यति दिने होइन ।’

कस्तो अवस्थामा खाने ?

यो औषधि घरमै राखेर खान मिल्ने औषधि पारासिटामोल नै हो । तर एकोहोरो वा जथाभावी रुपमा भने सिटामोल खान नहुने चिकित्सकहरु बताउँछन् । यदि दैनिक रुपमा सिटामोल खान परेमा चिकित्सकको सल्लाह लिनैपर्ने डा. अधिकारी बताउँछन् । यदि लगातार रुपमा सिटामोल खाएमा त्यसले कलेजोमा हानि गर्ने बताइन्छ ।

सामान्यतः मान्छेले ज्वरो आएमा सिटामोल खाने गर्छन् । कहिलेकाहीं हल्का ज्वरो आउँदा सिटामोल खान हुन्छ । तर लगातार तीन दिनसम्म ज्वरो आएमा वा जीउ दुखिरहेमा नियमित स्वास्थ्य परीक्षण नै गराउनुपर्ने हुन्छ । यस्तो अवस्थामा नियमित सिटामोल खानु नहुने डा. भट्टराई बताउँछन् ।

सिफारिस

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0