कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

महाकालीको जलस्तर बढ्यो, वनबासा पुलमा गाडी आवतजावत बन्द

महाकाली नदीमा पानीको बहाव बढेको छ। अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको छ। महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङ्ग्रे गाडी आवतजावत बन्द गरिएको छ।

पानीको बहाव बढेपछि पुलबाट गाडीले आवातजावत गर्दा जोखिम हुने भन्दै बन्द गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्रबशादुर शाहीले बताए।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0