कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

 महान छोरा जसले आफ्नै बुवाआमाको ट्याटु छातीमा बनाउन लगाए

Facebook
Twitter
WhatsApp

सबैलाई आफ्ना बुबाआमाको माया धेरै लाग्छ । भनिन्छ जन्म दिने आमा बुवाको ऋण हजार जुनीमा पनि तिर्न सकिन्न ।

बिज्ञापन

आफ्ना बुबा रामबहादुर दाहाल र आमा मिना दाहालको माया देखाउन काठमाडौं कालिमाटीका विवेक दाहालले आफ्नो छातीमा आमाबावुकाे ट्याटु खोपाएका छन् ।

४ बर्षअघि उनले आमाको अनुहार छातीमा ट्याटु खोपाए । अर्को वर्ष बुबाको । ट्याटु जोगाउन नजान्दा तीन पटक खोपाउनु परेको उनले अनुभव सुनाए । भने, ‘ट्याटु खोपेपछि धेरै हल्लन, सुत्दा उठ्दा अन्य ठाँउमा छुवाउन र नुहाउन नहुने रहेछ । ट्याटु कोरेको आलो घाउ निको नहुन्जेल होस नगर्दा फेरि बनाउनु पर्‍यो ।’ आमा बुबासँगै उनले आफू जन्मेका समय अंकित घडी बनाएका छन् । सँगै जीवनसाथीकाे नाम समेत लेखाएका छन् ।

बिज्ञापन

उनी आफ्ना मन मिल्ने साथीहरुको अनुहार आफ्नो शरिरमा थप्दै जाने योजना रहेको बताए । भन्छन्, ‘मरेर लैजानु केही छैन । म मेरा प्यारा मान्छेहरुको अनुहारमा कोरेर आफैसँग राख्न चाहन्छु ।’

बिज्ञापन

दाहलले ४० हजार खर्चेर हाडिगाँउस्थित निरज शाहीले बनाउन लगाएका हुन् । उनी आफ्नी श्रीमती बेलायतमा रहेको कारण भेट्न उतै जाँदैछन् । आफू एक्लो छोरो भएकालेले बाबुआमाको हेरचाह गर्न नेपालमै बस्ने योजना रहेको उनले बताए ।

ट्याटु बनाउने युवाहरुप्रति समाजको नकारात्मक दृष्टिकोण बदल्न आफूले बनाएको ट्याटुले धारणा बदल्ने उनको आशा छ । उनी भन्छन्, ‘कपाल पाल्ने अनि ट्याटु खोप्ने सबै नराम्रा मान्छे हुँदैनन् । समाजले हेर्ने दृष्टिकोण बदल्नु जरुरी छ ।’

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0