कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

महामारीमा घाटा देखाएर इन्धनको मूल्यवृद्धि

काठमाडौं : नेपाल आयल निगमले शुक्रबार डिजेल, मट्टितेल र पेट्रोलमा २‍-२ रुपैयाँ मूल्य बढायो । महामारीकै बीचमा विज्ञप्ति निकाल्दै निगमले भन्यो, ‘मूल्य समायोजनपछि…. सामान्य बिक्रीको अवस्थामा पाक्षिक रुपमा निगमलाई ११० करोड घाटा हुने देखिन्छ ।’ वास्तविकता भने १५ दिनमा यत्रो घाटा हुने अवस्था छैन । कोरोना महामारीका कारण अहिले निगमको बिक्री सामान्य अवस्थाको जस्तो छैन । महामारीमा पनि माग थोरै मात्र घटेकोले एलपीजी ग्यासमा भने १५ दिनमा करिब ५४ करोड घाटा हुने देखिन्छ ।

बिज्ञापन

निगमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर ८.५६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४.४६ र ग्यासमा प्रतिसिलिन्डर ३७५.१३ रुपैयाँ घाटा छ । तर, महामारी नियन्त्रण गर्न जिल्लाहरुमा जारी निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थ (तेल)को माग खुम्चिएको छ । निगमले पुरानै माग र आपूर्तिको आधारमा हिसाब गरेर धेरै घाटा हुने देखाएको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार अहिले डिजेलेको बिक्री ५० प्रतिशत घटेको छ । निषेधाज्ञाअघि दैनिक ७ हजार किलोलिटरभन्दा बढी बिक्री हुने डिजेल अहिले ४ हजारदेखि ४२ सय किलोलिटरसम्म झरेको उनले बताए ।

त्यसैगरी पेट्रोलको बिक्री पनि ५० देखि ६० प्रतिशत कम भएको छ । सामान्य अवस्थामा २५ सय किलोमिटरसम्म बिक्री हुने पेट्रोल अहिले १०० देखि १२ सय किलोलिटर बिक्री भइरहेको छ । १६ वैशाखमा निषेधाज्ञा लागू भएपछि निगमले १९ गते विज्ञप्ति निकालेर ‘१०० करोड घाटा लाग्ने अवस्था रहेपनि नागरिक हितका लागि मूल्य समायोजन नगर्ने’ भनेको थियो । निगमका अनुसार, त्यसबेला पेट्रोलमा प्रतिलिटर ८.७६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.४२ र ग्यासमा प्रतिसिलिन्डर ३७५.१३ रुपैयाँ घाटा थियो । जबकि, डिजेल र पेट्रोलको माग घटिसकेकाले त्यसबेला पनि निगमलाई १५ दिनमा १०० करोड घाटा हुने अवस्था थिएन ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0