कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

महामारीमा भारत जानेको संख्या पुनः बढ्यो

बिहिबार साँझ अछामका रेवन्त साउँद निधारमा रातो टिका र काँध ठूलो झोला बोकेर भारत जानका लागि गौरीफन्टा नाका पुगेका थिए। यो महामारीमा जोखिम मोलेर भारत जानु उनको रहर होइन, बाध्यता थियो। त्यो कुरालाई उनको मलिनो अनुहारले स्पस्ट पारेको थियो।

बिज्ञापन

भारतमा कोरोना महामारी विकराल रूपमा फैलिएपछि एक महिना पहिले नेपाल फर्किएका उनी स्वदेशमा बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल हुन थालेछि बालबच्चा बोकेर पुनः भारत पलायन हुन बाध्य भएका हुन्।’भारतमा कोरोना महामारी फैलिएपछि एक महिना पहिला घर आएको थिँए।’ साउँदले भने, ‘आफ्नो देशमा रोजगारी छैन, आयआर्जन गर्ने कुनैपनि बाटो छैन्। पेट पाल्न र बालबच्चा पाल्नकै लागि भएपनि फेरी भारत जान लागेको हुँ।’

यो महामारीमा ज्यानको जोखिम मोलेर भारत पलायन हुने उनी एक्ला होइनन्। कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाका भएर दैनिक २ सयदेखि ३ सयको संख्यामा नेपालीहरू रोजगारीको लागि भारत जाने गरेका छन्।कैलाली र कञ्चनपुरमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ। तर यही अवधिमा कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका भएर ४ हजारभन्दा बढी नेपालीहरू भारत पलायन भएका छन्।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4