कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् ।
भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । ‘अहिले होटललाई सील गरिएको छ, अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मृत्युको कारण खुल्न सकेको छैन ।’
घटनाको जानकारी पाएपछि आक्रोशित मृतकका आफन्तहरुले होटलमा ढुंगामुढा गरेका छन् ।
बिज्ञापन

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0