कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

माघको दोस्रो साता देखि आउँन सक्छ ठुलो भयाभह,

Facebook
Twitter
WhatsApp

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता संक्रमण निकै भ’याभ’ह हुने आँकलन गरेकाे छ। नेपालमा संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता (जनवरी २४ देखि ३० तारिखसम्म) उत्कर्षमा पुग्ने मन्त्रालयकाे आँकलन छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको छ।

बिज्ञापन

मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले माघको दोस्रो साता दैनिक २० हजार पुग्नसक्ने जानकारी गराएका हुन्। जसमा झन्डै १० हजार बिरामी अस्पताल भर्ना हुनसक्ने भनिएको छ।

संसद्को‍ शिक्षा तथा स्वास्थ्य समितिमा नेपालमा कोभिड-१९ को अवस्थाबारे प्रतिवेद पेस गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले माघ महिनाको दोस्रो साता दैनिक संक्रमितको संख्या २० हजार बढी हुनसक्ने बताए। उनले अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि बढोत्तरी हुने आकलन गरे।

बिज्ञापन

डा पौडेलको आँकलन अनुसार सो समयमा करिब १३ हजार व्यक्ति अस्पताल भर्ना हुने देखिन्छ भने त्यसमध्ये करिब ३९४ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको संक्रमण देखिने छ। यस्तै ९ हजार ८ सय ४८ मा भने सामान्य लक्षण मात्रै देखिने उनको आँकलन रहेको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0