कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

माधव नेपालले नयाँ पार्टी खोले

Facebook
Twitter
WhatsApp

नेकपा एमालेको माधव नेपाल समूह पार्टीमा एकता कायम गर्ने वा नयाँ पार्टी गठन गरेर अध्यक्ष केपी शर्मा ओलीबाट टाढा हुने दोसाँधमा छ।

बिज्ञापन

तथापि, माधव पक्षका तेस्रो तहका नेताहरू भने पार्टीबाट अलग हुन हरसम्भव कोसिस गरिरहेका छन्।पछिल्लो एक महिनादेखि एमालेका दुवै पक्षको गतिविधि नियाल्दा थाहा हुन्छ

पार्टी एक गर्नेभन्दा अलग हुन नेताहरू कम्मर कसेर लागेका छन्।

बिज्ञापन

त्यति मात्र होइन, सत्तारुढ गठबन्धन भने माधव नेपालले ओलीसँग अलग हुने छनक दिए दल विभाजन खुकुलो हुने गरी अध्यादेश नै ल्याइदिन तयारी अवस्थामा बसिरहेका छन्।

बिज्ञापन

माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका एक पूर्वमन्त्रीले दिएको जानकारी अनुसार नेपालले गठबन्धनलाई दल विभाजन गर्छु मात्रै भने तत्काल अध्यादेश ल्याउन गठबन्धन तयार रहेको छ।

ओली पक्षका नेता एवं प्रतिनिधिसभाका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने माधव नेपालले चाहेर पनि पार्टी फूटाउन नसक्ने प्रतिक्रिया दिए।

‘झलनाथ खनाल, भीम आचार्यदेखि सारा नेता अलमलमा हुनुहुन्छ, कहाँबाट फुटाउन सक्नुहुन्छ माधव नेपालले,’ उनले भने।

देउवा सरकारले कथंकदाचित दल विभाजन अध्यादेश ल्यायो भने माधव समूहमा संख्या नपुग्ने भट्टराईले जानकारी दिए।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0