कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

माैसम पूर्वानुमान ‘आज वर्षा र हिमपातकाे सम्भावना छ’

Facebook
Twitter
WhatsApp

दिउँसो: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिज्ञापन

राति: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती  तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।  देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार
दिउँसो : देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशमा  तथा बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बांकी भु-भागमा  मौसम सामान्यतया सफा रहनेछ। कर्णाली तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिज्ञापन

राति : देशको पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

बिज्ञापन

आइतबार
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। 

राति: प्रदेश १ को पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा बदली रहनेछ।  
 
आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 
सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा हुनका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0