लम्की : नेपाल सरकार गृह मन्त्रालयले यहि सावन २८ गते सनिबार एक सूचना जारी गर्दै मिटरव्याज बाट पिडित भएका व्यक्तिले उचित प्रमाण सहित भाद्र ५ गते भित्र उजुरी पेस गर्न निर्देशन दिएको छ |
यसै प्रसंगमा सावन २९ गते आइतबार संसदमा बोल्दै कैलाली क्षेत्र नं २ का सांसद झपट बहादुर रावलले सरकार को यो निर्णय निर लज्जास्पद रहेको टिप्पणी गर्नुभएको हो | ऊहाले बोल्दै गर्दा अहिले कानुन नभएकोले गर्दा यस्ता मिटर व्याजे र ढुकुटी खेल्ने मा आकर्षण भएको छ |
सरकारले यसरी सुचना निकाली उजुरी माग्नु भन्दा कडा कानुन र छानबिन गरि पिडितलाई २५ प्रतिशत र सरकारलाई ७५ प्रतिशतले आउनेगरी व्यावस्थापन गर्नुपर्ने देखिन्छ : सर्लाहीमा यसै प्रसंगमा पिडित भएकाले आत्महत्या समेत गरिसकेका र आन्दोलनमा रहीरहदा यो विषयमा सरकारको ध्यान आकर्षण होस् | उहाले थप्नुभयो |
संसदभवनमा बोल्दै गर्दा रावलले भुपेन्द्र बडुवाल, अर्जुन दास र निर्मलाको न्याएको लागि यो सरकारले के गरिरहिको छ र एम सी सी को व्याख्यात्मक टिप्पणीको प्रक्रिया बारे समेत सरकारले जवाफ दिन माग राख्नुभएको हो |
त्यस्तै ३ वटा प्रदेश लाई पूर्ण लाभ मिल्ने र ७० हजार जतिले रोजगारी पाउने हेतुले सन्चालन गर्न लागिएको कैलालीको लम्किचुहा नगरपालीकाको डुडेझरी औधोगिक क्षेत्र को फाइलपनि अघि सार्न जोडदार माग राख्नुभएको छ |