कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मिनीट्रक र मोटरसाइकल ठोक्किदा २ जना घाइते

धनगढीमा मिनीट्रक र मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलालीगाउँ जाने भित्री बाटोमा मिनीट्रक र मोटरसाइकल ठोक्किएका हुन्। 

बिज्ञापन

कैलाली गाउँबाट राजपुर तर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ००३ क ९१६८ नम्बरको मिनीट्रक र विपरित दिँशाबाट आउँदै गरेको सुपप्र ०१ ००८ प २४३३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका १३ का रमेश कडायत र पछाडी सवार इन्द्र थलाल घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ। 

बिज्ञापन
No data was found

उनीहरुको उपचार मायामेट्रो अस्पताल धनगढीमा भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ।  र दुबै सवारी प्रहरीको नियन्त्रणमा रहेको छ। 

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0