कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

मुख्यमन्त्रीसहितको टोली पहिरो प्रभावित क्षेत्र पुग्यो

Facebook
Twitter
WhatsApp

लम्की : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। प्रदेशका मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले मंगलवार भीमदत्त राजमार्गको पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका हुन।

बिज्ञापन

सुदूरपश्चिमका मुख्यमन्त्री शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले बुढितोलाको भावर टोलमा गएको पहिरो निरीक्षण गरेका हुन्।

उनीहरूसँग सो क्षेत्रका सांसदहरू पनि पुगेका थिए। सोमबार राति पहिरो खसेपछि भीमदत्त राजमार्गको बुढीतोलामा सडक अवरुद्ध छ। अहिले पनि सडक खुल्न सकेको छैन।

बिज्ञापन

करिब १०० मिटर माथिबाट आएको पहिरोले सडक अवरुद्ध पारेको हो। झण्डै करिब तीन सय मिटर सडक भासिएको छ। मुख्यमन्त्री शाहले चाँडै सडक सुचारु गर्ने काम गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन्।

बिज्ञापन

वर्षाका कारण मंगलवार साँझदेखि सडक सुचारु गर्ने काम रोकिएको छ। खानीडाँडाबाट एक र अत्तरिया क्षेत्रबाट दुई डोजरले पहिरो हटाउने काम गर्दै थिए।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0