सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टी पनि तयार भएको छ।
यसअघि कसैलाई पनि विश्वासको मत नदिने अडान राख्दै आएको नागरिक उन्मुक्ति पार्टी यो पटक भने सरकारमा पनि सहभागी हुने तयारीमा जुटेको हो।

केन्द्रमा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँगै नागरिक उन्मुक्ति पार्टीको समेत समर्थन पाएर मुख्यमन्त्री शाहले दुई तिहाईभन्दा बढी समर्थन पाउने भएका हुन्।
तर, माओवादी केन्द्रले प्याकेजमै सहमति खोजेकाले शक्ति बाँडफाँडका लागि केन्द्रमा नै सहमति खोजिने भएको छ।
बिज्ञापन

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0