नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२र१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको निगमले जनाएको छ ।अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजलको १६५ रुपैयाँ पुगेको छ ।
एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य भने बढेको छैन ।मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी छ । मट्टीतेलमा भने प्रतिलिटर १७ रुपैयाँ ०१ पैसा नाफा छ ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0