Diamond Online Vision

कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मेडिकल परीक्षणका लागि सन्दीपलाई लगियो अस्पताल

काठमाडौँ — नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका  राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई मेडिकल परीक्षणका लागि अस्पताल लगिएको छ । सन्दीपको मेडिकल परीक्षणका लागि अस्पताल लगिएको उनका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर सन्दीपलाई प्रहरी वृत्त गौशाला लगेको थियो । त्यहाँबाट अस्पताल लगिएको र आफूले भेट्न नपाएको अधिवक्ता घिमिरेले जानकारी दिए ।

बिज्ञापन

‘सन्दीपजीले आत्मसमर्पण गरिहाल्नुभयो । मेरो उपस्थतितिमा आफूलाई बुझाउने अनुरोध गर्नुभएको थियो । मलाई इमेल गर्नुभएको थियो । तर म यहाँ आइपुग्दाखेरि प्रहरी टोली एयरपोर्टमा पुगिसक्नुभएको रहेछ,’ उनले भने ।

बिज्ञापन

आफूलाई प्रहरी वृत्तमा नै भेट्नू एयरपोर्ट जान सम्भव छैन भनेर प्रहरीले भनेको तर भेट्न नपाएको घिमिरेको भनाइ छ । ‘भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो । उहाँहरूले नियन्त्रणमा लिएर मेडिकलका लागि लिएर जानुभएको छ । मेडिकलमा २ घण्टाजति समय लाग्छ भन्नुभएको छ,’ उनले भने ।

सन्दीपले आफू निर्दोष रहेको बारम्बार दोहोर्‍याइरहेको र कानुनी अनुसन्धानमा सहयोग गर्न तयार रहेको भनिरहेको घिमिरेले बताए ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचारहरु

मूल्य घटाएको नाटक गरेको सरकारले फेरी मूल्य बढायो, तेल पेट्रोल र ग्याँस

निर्मला भण्डारी

मौसम सफा हुन अझै २४ घण्टा लाग्ने

धर्म राज देवकोटा

आज देखि बडा दशैं सुरु : घटस्थापना को साइत हेर्नुहोस

निर्मला भण्डारी

Leave a Comment