कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मेलम्ची खानेपानी पाइपलाइन बिछ्याइएको सडकमा पानीका ट्यांकर भासिए.

मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन भएको ठाउँमा पानीका ट्यांकर भासिएका छन्।

बिज्ञापन

कमजोर बनावटका कारण लोड धान्न नसकेर ललितपुर सातदोबाटोभित्र दुई वटा ट्यांकर भासिएका हुन्।

युनाइटेड बोर्डिङनजिकै शनिबार दिउँसो एउटा ट्यांकर भासियो। त्यसलाई उद्धार गर्ने भनी गएको अर्को ट्यांकर पनि भासिएको बताइएको छ।

बिज्ञापन
No data was found

सुरूमा वाटर सप्लायर्सको बा३ख ७५७ नम्बरको ट्यांकर सुरूमा भासिएको थियो।

बिज्ञापन
No data was found

त्यो भासिएको ट्यांकर उद्धार गर्न फुल्चोकी पानी सप्लायर्सको बा३ख ७७२९ नम्बरको ट्यांकर हिँड्यो।

‘चिनजानको भएकाले भाइले मलाई ट्यांकी निकाल्न मद्दत मागेपछि गएको थिएँ,’ फुल्चोकी पानी सप्लायर्सका चालक राजकुमार तामाङले भने, ‘उसको ट्यांकर भासिएको ठाउँ पुग्न लाग्दा मेरो पनि भासियो।’

तामाङको ट्यांकर भने शुक्रबार राति निकालियो। वाटर सप्लायर्सको ट्यांकर भने शनिबार बिहान मात्र निकालिएको छ।

‘माथिमाथि मात्र पुरेको रहेछ, भित्र त ह्वाङ्ङै,’ तामाङले भने, ‘पर्नु दु:ख पर्‍यो।’

तर, दुबै चालकले मेलम्ची खानेपानीको पाइपलाइनको काम हेरिरहेका आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई जानकारी गराएनन्।

‘हामीलाई कसरी ट्यांकर निकालौं भन्ने थियो,’ तामाङले भने,‘हुन चाहिँ मेलम्ची खानेपानीकै पाइपलाइनमा ट्यांकर भासिएका हुन्।’

दुई वटै ट्यांकर मर्मतका लागि ग्यारेज पठाइएका छन्।

राजधानीमा मेलम्ची खानेपानी आयोजनाको नयाँ र पुरानो पाइपलाइन केयुकेएलको छ। यो कुन चाहिँ पाइपलाइन हो भन्ने यकिन हुन सकेको छैन।

निर्देशनालयले त्यहाँ आफ्नो मुख्य पाइपलाइन रहेको बतायो। ‘हाम्रो मुख्य पाइपलाइन त्यहाँ छ, कुन चाहिँमा भासिएको हो, जानकारी भइसकेको छैन,’ निर्देशनालयका सूचना अधिकृत उज्जवल प्रजापतिले भने।

सडक विभागलाई पनि ट्यांकर भासिएको जानकारी छैन। ‘हामीले अहिलेसम्म थाहा पाएका छैनौं,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0