कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

कञ्चनपुर – जिल्लामा भैँसीगाडासँग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

बिज्ञापन

मृत्यु हुनेमा जिल्लाको पुनर्वास नगरपालिका १ का २४ वर्षीय मोटरसाइकल चालक जितराम राना रहेका छन्। त्यस्तै दुर्घटनामा अन्य एकजना घाइते भएका छन्।

बुधबार राति ८ः३० बजेको समयमा बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित रामनगरबाट चानदेउतर्फ गइरहेको सुपप्र ०१ ००१ प ८३९ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको भैसीगाडासँग ठोक्किएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0