कैलालीमा मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
कैलालीको टीकापुर नगरपालीका ४ मौरनीयास्थित खक्रौलाबाट टिकापुर तर्फ जाँदै गरेको से २ प २५८४ नम्बरको मोटरसाइकल र बिपरीत दिशा तर्फ जाँदै गरेको भे १ च २४०९ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्कीएका हुन्।

मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा मोटरसाइकल पछाडि सवार जानकी गाउँपालिका-३ का ५० वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार (हिजो) राती साढे ८ बजे जानकी गाँउपालिका ६ धर्मापुरका ५० वर्षीय राम दयाल चौधरीले चलाएको मोटरसाइकल र बर्दीया राजापुर ७ रामपुरका ३१ वर्षीय कालिराम चौधरीले चलाएको एम्बुलेन्स एक आपसमा ठोक्कीएका हुन्
दुर्घटनामा मोटरसाइकलमा सवार दुबै जना घाईते भएका थिए। घाईते दुबै जनालाई प्रहरी टोलीले उपचारकोलागी टिकापुर अस्पताल पठाएको र थप उपचारकोलागी कोहलपुर मेडिकल कलेजमा रिफर गरिएकोमा उपचारकै क्रममा मोटरसाइकल पछाडि सवार छोटेलाल चौधरीको राती ११ः५० मा मृत्यु भएको हो । दुबै सवारी साधन र एम्बुलेन्स चालक प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
