कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

मोहन्यालका अध्यक्षसहित १० जनप्रतिनिधि विरुद्ध भ्रष्टाचारको मुद्दा

Facebook
Twitter
WhatsApp

गैरकानूनी रुपमा राजस्व मिनाहा गरेको आरोपमा कैलालीको मोहन्याल गाँउपालिकाका कार्यबाहक अध्यक्षसहित १० जना जनप्रतिनिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले गाँउपालिकाका दिवगंत अध्यक्ष नवल सिंह रावल, उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष पूजादेवी बुढामगर, वडाध्यक्षहरु देवीदत्ता उपाध्याय, नविन पुन मगर, खरप्रसाद अधिकारी, छविलाल हौजाली मगर, टेकबहादुर बोगटी, टिकाराम भण्डारी र नन्दराम गिरीविरुद्ध मुद्दा दायर गरेको छ । गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराइविरुद्ध मुद्दा चलाएको छ ।

उनीहरुले रोडा, ढुंगा बालुवा संकलनवापत ठेकेदारबाट उठाउनुपर्ने राजस्व मिनाहा गरी ५४ लाख १८ हजार रुपैंया भ्रष्टाचार गरेको अख्तियारले१३ प्रतिशत भ्याट जोडेर विगो कायम गरेको छ । उनीहरुमाथि सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दोब्बर जरिवानाको मागदावी गरेको छ ।

बिज्ञापन

आरोपितमध्ये गाउँपालिका अध्यक्ष रावलको निधन भइसकेकाले सजाय र जरिवानाको माग दावी गरेको छैन । तर उनको अंश खाने परिवारका सदस्यहरुबाट विगो बमोजिमको रकम असुल्नुपर्ने मागदावी अख्तियारले गरेको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0