कैलाली : कैलाली को मोहन्याल गा.पा.मा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको हकहित मंचले पालिकाको पितमारी मा परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ |
उक्त कार्यक्रममा कर्मचारीहरुको हकहित मंचले तिनबुदे माग सहित पालिकाका नवनिर्बाचित जनप्रतिनिधि समक्ष एक ज्ञापनपत्रसमेत बुझाएका छन | उनीहरुले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले नेपाल सरकारको मापदण्ड अनुसारको सेवा सुबिधा दिनुपर्ने, सामाजिक सुरक्षाकोषमा अनिवार्य सहभागी गराउनुपर्ने र कार्यसम्पादन को मूल्यांकन अनुसार प्रोत्सान गर्नुपर्ने माग राखेका छन |

कार्यक्रमलाई सम्बोधन गर्दै पालिकाका उपस्थित वार्ड अध्यक्षहरुले र का.वा. अध्यक्षले तपाईहरुको माग जति सकिन्छ सम्वोदन गरिने र तपाईहरुसंग सहकार्यगर्दै पालिका को स्तरउन्नति मा लाग्ने बताएका हुन् |
अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको हकहित मंचका अध्यक्ष सभापति रहनुभएको उक्त कार्यक्रममा पालिकाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष कमल साउद प्रमुख अतिथी रहनुभएको थियो, पालिकाका विभिन्न क्षेत्रमा कार्यरत करार तथा ज्यालादारी कर्मचारी, वार्ड नं २, ६, र ७ का वार्ड अध्यक्षहरुको समेत उपस्थिति रहेको हो |

बिहान १० बजे सन्चालन गरिने भनिएको कार्यक्रम बिबिध कारणले दिउसो १ बजे देखि संचालन भएको थियो | कार्यक्रम को संचालन उक्त मंचका सचिव तथा पालिका कृषि विकास शाखा प्रमुख दिपक न्यौपानेले गर्नुभएको हो |