कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मोहन्यालका जनप्रतिनिधि डोजर सहित आफै खटिए सडक मर्मतमा

कैलाली : जिल्लाको उत्तरी भेगमा अवस्थीत मोहन्याल गाउँपालिकामा छिमेकी पालिका लम्किचुहा नगरपालिका हुदै जाने चिसापानी सोल्टा सडक अबिरल बर्षादले गर्दा सामान बोकी हिड्न नै सास्ती हुने खालको भएको छ |

बिज्ञापन

मोहन्याल गाउपालिकाका धेरै जसो बासिन्दाहरु घरमा चाहिने सबै सामाग्रीहरु छिमेकी पालिका लम्किचुहा देखि नै किनेर लग्ने र यो बाटो हुदै आवत-जावत गर्नुपर्ने हुन्छ यतिमात्र न भै चुरे गाउपलिका र अछाम सम्म जाने मानिसहरु पनि महेन्द्र राजमार्ग (चिसापानी) हुदै यै बाटो जाने गर्दछन |

असार १४ गते आएको बर्षात र सो दिन भन्दा पछि आउदै गएको झरीले यो बाटो को हालत दयनीय भएको हो | मोटर चल्ने बाटोमा हिन्न समेत सास्ती हुन्थालेपछि सामाजिक संजालमा धेरै टिकाटिप्पणी समेत आए फलस्वरुप अहिले पालिकाका कार्यबाहक अधयक्ष् कमल साउद र उहाकै टिम सहित आफै बाटो निर्माणमा खटिएको देख्न सकिन्छ |

बिज्ञापन

कतिपए ले यो राम्रो काम भनेका छन भने कतिपय जनाताले हामीले भनेपछि मात्र गर्नु तेती राम्रो नभएको भनेका छन् | जे होस् आफ्नो पालिकाका जनता लाई हुदै गैरहेको सास्तीहेर्न नसकी गरिएको कार्य राम्रो नै रहेको र अन्य रोड हरुपनि यसिरी नै मर्मत तथा निर्माण गरिदै जानुपर्ने स्थानीयको भनाइ छ |

बिज्ञापन

लम्किचुहा ३ चिसापानी हुदै मोहन्याल जाने यो चिसापानी- सोल्टा सडक खण्डको पक्कि बाटो निर्माणको लागि टेण्डर समेत परिसकेको र यस्को निर्माण कार्य भने सुचारु हुन बाकी रहेको छ |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0