कैलाली : कैलाली को मोहन्याल गा.पा.मा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले आफ्नो हकहित सुनिश्चित हुनुपर्ने र नेपाल सरकारको मापदण्ड अनुसारको सेवा सुबिधा दिनुपर्ने भन्दै गा.पा. का सम्पूर्ण जनप्रतिनिधि समक्ष ज्ञापन पत्र बुझाएका छन |
सनिबार एक कार्यक्रमका बीच कार्यालय र वडामा कार्यरत सम्पूर्ण ३७ जना कर्मचारीले करार कर्मचारी हकहित मंच तदर्थ समिति मार्फत ४ जना जनप्रतिनिधिको उपस्थिति मा ज्ञापनपत्र बुझाएका हुन् |

करार कर्मचारी हकहित मंच तदर्थ समितिका अध्यक्ष श्री एकेन्द्र भण्डारीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथीमा खर प्रसाद अधिकारी रहनुभएको थियो |
सान्ति मा.वि. फलेबिसौनामा संचालन गरिएको उक्त कार्यक्रममा कर्मचारी र जनप्रतिनिधि लगाएर ४१ जनाको सहभागिता रहेको थियो | जस कार्यक्रमको संचालन कर्मचारी हकहित मंच तदर्थ समितिका सचिव दिपक प्रसाद न्यौपानेले गर्नुभएको तदर्थ समितिका सचिवले जानकारी दिनुभएको छ |

