कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मोहन्यालमा संचालित एम्बुलेन्सले इन्धन खर्च समेत धान्न गाह्रो

कैलाली : जिल्ला को उत्तरी भेगमा अवस्थीत मोहन्याल गाउँपालिका मा पालिकाले संचालन गर्दै आएको एम्बुलेन्सले बिरामी बोक्दाको इन्धनको समेत खर्च धान्न नसकेको एकजना हेल्थ असिस्टेन्ट ले भन्नुभयो |

बिज्ञापन

भौगोलिक विकटता र इन्धनको महँगीले गर्दा बिरामी बोक्दा लग्ने गरिएको शुल्कले त् उहाहरुलाई अस्पताल छोडेर फर्कदाको इन्धन को रकम पनि नपुग्ने गरेको हो |

मोहन्याल गा.पा.मा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको हकहित मंचले पालिकाको पितमारी मा परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै हेल्थ असिस्टेन्टले नव निर्बाचित उपस्थित जनप्रतिनिधिहरुको माझ आफ्नो समस्या राखेका थिए |

बिज्ञापन
No data was found

उक्त माग तथा समस्यालाई मध्यनजर गर्दै कसरी सबैलाई सहजहुने र जनतासमेत सेवा सुबिधा बाट बन्चित नहुने गरि पालिकाले छिटो निर्णय लिने पालिकाका कार्यबाहक अध्यक्ष् कमल साउद ले बताउनुभयो |

बिज्ञापन
No data was found

पालिकामा संचालित एम्बुलेन्स हाल बर्खा लागेपछि भौगोलिक बिग्रिएको बाटो र आर्थिक अभावलेगर्दा नियमित र जति चल्नुपर्ने हो उति संचालनमा आएको छैनन् |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1