कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मोहन्याल गाउँपालिकामा किसान परिचयपत्र वितरण कार्य सुरु हुदै

कैलाली : जिल्ला को मोहन्याल गाउँपालिका ले आफ्ना पालिका मा रहेका किसानहरुलाई किसान परिचयपत्र वितरण गर्ने कामको थालनी गरेको छ |

बिज्ञापन

किसानको परिचयपत्र वितरणको लागी पहिलो चरणको काम भनेको किसानको लगत संकलन गरी नेपाल सरकार को अधिकारीक वेब साइटमा प्रविस्ट गर्नु हो | जसको लागी आवश्यक मात्रामा गणकहरु र उनीहरुलाई तालिम आवश्यकता पर्दछ |

यसरी गरिने कार्यमा मोहन्यालले आफ्ना कृषि र पशु शाखामा कार्यरत १२ जना प्राविधिकलाइ गणकमा नियुक्त गरी मंगसिर २९ गतेदेखि छनोट भएका गणकलाइ तथ्यांक संकलन तथा प्रविस्ट सम्बन्धिको ३ दिने तालिम आज सम्पन्न गरेको हो |

बिज्ञापन
No data was found

जिल्लाको सुखडमा रहेको बसिस्ट होटेलमा ३ दिन देखि संचालन भैरहेको उक्त तालिमको आज समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी पालिकाका उपाध्यक्ष कमल बहादुर साउदले मोहन्यालका किसानको स्तरउन्नतिमा हामीले गर्नुपर्ने कुनैपनि कामको कमिहुन नदिने बताउनुभयो |

बिज्ञापन
No data was found

साथै उहाँले आगामी दिनहरूमा मोहन्यालमा रहेको रैथाने सुन्तला खेतीलाइ पालिकाले आधुनिकरण गर्दै बजारीकरणको लागि बिशेष भूमिका खेल्ने बताउनुभएको थियो |

आज भएको तालिम समापन कार्यक्रम का सभापति तथा आर्थिक विकास समिति संयोजक तथा वार्ड नं ७ का वार्ड अध्यक्ष नवराज कठायतले पनि कर्मचारीलाइ कुनै पनि किसिमको असहज बातावरण नगराई सम्पूर्ण मोहन्याल बासीले सोधिएको प्रश्नको सहि जवाफ दिदै सहयोग गर्नुपर्ने बताएका छन |

तालिम समापन कार्यक्रम का बिसिस्ट अतिथी तथा प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की ले किसानहरुको हतहितको लागि र आगामी बजेट कार्यक्रममा यो तथ्यांकले महत्वपूर्ण भूमिका खेल्ने भएको बताउदै कर्मचारीले लापरबाही नगरी कार्य सम्पादन गर्नुपर्ने सुझाव दिनुभएको छ |

प्रशिक्षकको रुपमा कृषि ज्ञान केन्द्र बाट २ जना कर्मचारीले सहजीकरण गरेको उक्त कार्यक्रमको सयोजक भूमिका मोहन्याल गा.पा. कृषि विकास शाखा का प्रमुख दिपक प्रसाद न्यौपानेले गर्नुभएको थियो |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0