कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मोहन्याल गाउँपालिकामा कृषि शाखाले ३ दिने कृषक तालिम दिदै

लम्की : कैलालीको मोहन्याल गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा वडा नम्बर-१, बडिकाथाइमा ३ दिने अगुवा कृषक क्षमता अभिवृद्धि तालिम १२ गतेदेखि संचालनमा आएको छ ।

बिज्ञापन

शनिबार एक कार्यक्रमका बीच उदघाटन गर्दै प्रमुख अतिथि गाउँपालिका कार्यवाहक अध्यक्ष पुजा देवि बुढामगरले आफू निरन्तर मोहन्यालका जनताको चौतर्फी बिकासका निम्ति लागीरहेको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथी वडा नम्बर-१, का वडा अध्यक्ष नवीन पुन मगरले तालिममा सिकेका कुराको आफ्नो समुदायमा प्रयोग गरि आफु कृषि पेशामा आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो ।

बिज्ञापन

कार्यपालिका सदस्य तारा शर्माको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रमको उदेश्यहरुको बयान मोहन्याल गाउँपालिका कृषि शाखा प्रमुख दिपक न्यौपानेले गर्नु भएको थियोे ।

बिज्ञापन

कार्यक्रममा तालीमको सहजीकरण बर्दगोरिया गाउपालिका कृषि शाखा प्रमुख झंकर रावत, नायब प्राबिधिक रमेश देवकोटा, मारकेटिङ्ग शैलेन्द्र भन्डारीले गर्नु भएको छ |

असार १२ गते देखि संचालनमा आएको तालिम असार १४ गते सम्म (३) दिन रहने कृषि शाखा प्रमुख दिपक प्रसाद न्यौपाने ले हाम्रो डाइमण्ड अनलाइन भिजनलाई बताउनुभएको हो |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0