कैलाली : जिल्ला को मोहन्याल गाउँपालिका का कृषि विकास र पशु सेवा शाखा ले आफ्ना पालिकामा रहेका अगुवा किसानलाई कृषि तथा पशुपंक्षी बिमा संबन्धित २ दिने तालिम दिने भएको छ |
आफ्ना पालिकामा दर्ता भएका विभिन्न कृषक समूह, सहकारी तथा फर्म भित्रका अग्रपंति किसानलाई समाबेश गराई २७ जना किसानलाई तालिम दिन आज देखि सुरु गरेको हो |
आज तालिम कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रम का प्रमुख अतिथी राज बहादुर सार्की ले आफ्नो पालिका ले किसानलाई धेरै सेवा दिदै आएको र आगामी दिनमा थप सेवाहरुदिदै जाने बताउनुभयो |
आर्थिक विकास समिति संयोजक तथा वार्ड नं ७ का वार्ड अध्यक्ष नवराज कठायत को सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा विशिष्ट अतिथी नेको इन्सुरेन्स कम्पनी लम्की शाखा का प्रमुख नर बहादुर रावल रहनुभएको हो |
त्यस्तै अतिथिमा वार्ड २ का अध्यक्ष जय प्रकास मल्ल, वार्ड ४ का अध्यक्ष बम बहादुर बुढा, वार्ड ६ का अध्यक्ष कृष्ण शाही, कार्यपालिका सदस्य नानी कामी, स्टोर शाखा प्रमुख टिकाराम पौडेल, लेखा शाखा प्रमुख यमराज वोगटी रहनुभएका थिए |
पशु शाखा प्रमुख प्रविन भण्डारी को स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा उदय सिंह राजि र आशाराम जैशी ले व्याज वितरण गरेर कार्यक्रम को सहजीकरण गर्नुभएको थियो |
प्रमुख अतिथिले व्यानर खोलेर उद्घाटन गरेको उक्त कार्यक्रम को संचालन कृषि विकास शाखा प्रमुख दिपक प्रसाद न्यौपाने ले गरिरहनुभएको छ | मंसिर २७ गते देखि संचालन भएको तालिम कार्यक्रम भोली २८ गते समापन हुनेछ |
उक्त तालिममा प्रशिक्षक को रुपमा राज बहादुर सार्की, नर बहादुर रावल र दिपक प्रसाद न्यौपाने रहनुभएको छ | उद्घाटन समारोहमा ४५ जना उपस्थित रहेको कार्यक्रम कैलालीको सुखड स्थित वसिस्ट होटलमा हुदै छ |