कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मोहन्याल गाउँपालिका का ६ वडामा छैनन् वडा सचिव

कैलालीको मोहन्याल गाउँपालिकावडा नम्बर १ को स्वास्थ्य शाखामा कार्यरत लोकेन्द्र धामी अहेव छन्। स्वास्थ्य क्षेत्रका कर्मचारी धामीको भूमिका अहिले त्यति मात्रै छैन । उनले त्यहाँ वडा सचिवको जिम्मेवारी पनि सम्हालीरहेका छन् ।

बिज्ञापन

गाउँपालिकामा आएको ३३ महिनादेखि उनले दोहोरो भूमिका निर्वाह गरिरहेका छन् । उनले अहिले बाध्यताले सचिवको काम पनि सिकेका छन् । उनी भन्छन्, म स्वास्थ्य क्षेत्रको कर्मचारी हुँ’, ‘यहाँ वडामा सचिव नहुँदा त्यो काम पनि मैले गरिरहेको छु, बाध्यताले नयाँ काम पनि सिकियो भन्नुपर्यो ।’जिम्मेवारी भन्दा बाहिरको काम गर्दा सुरुमा केही अप्ठेरो भएको उनले भने। अहिले काम त गरिन्छ तर आफ्नो प्रमुख जिम्मेवारी स्वास्थ्य क्षेत्रलाई बढी ध्यान दिनुपर्छ । यसले दुबैतिर बाधा भने भैरहेको छ ’

वडा नम्बर २ मा पनि सचिवको जिम्मेवारी हेरिरहेका स्वास्थ्य शाखाका अहेव प्रभु बरालले दोहोरो भूमिका आफ्नो लागि टाउको दुखाई भएको बताए । उनले पनि साढे दुई वर्षदेखि सचिवको काम पनि सम्हालीरहेका छन् ।

बिज्ञापन

गाउँपालिकाका कार्यबाहक अध्यक्ष साउँदले कर्मचारी अभावले काम गर्न निकै गाह्रो भैरहेको बताए ।मोहन्याल कैलालीको सबैभन्दा विकट र पहाडी पालिका भएकाले कर्मचारी पनि आउन मानिरहेका छैनन्, ‘वडामा सचिवको काममा स्वास्थ्य शाखाका कर्मचारीलाई खटाउनुपर्ने बाध्यता छ, उनले भने।उनले ७ वटा वडा रहेको गाउँपालिकामा वडा नम्बर ३ मा मात्रै वडा सचिव रहेको बताए। बाँकी ६ वटा वडामा सचिवको काम स्वास्थ्य शाखाका कर्मचारीले गरिरहेका छन ।

बिज्ञापन

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0