कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मौरीको टोकाइमा नि यति धेरै फाईदा, फाइदा उठाउदै नेता झलनाथ खनाल

Facebook
Twitter
WhatsApp

ढाड दुखाइ तथा विभिन्न रोगको समस्यामा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल लाई मौरी थेरापी (एपि थेरापी) अचुक औषधि बनेको छ, विगत तीन वर्षदेखि मौरी थेरापीमा संलग्न उहाँलाई कुनै पनि स्वास्थ्यको समस्या परेमा थेरापी लिने र ठीक भएकाे दाबी गर्नुभयो ।

बिज्ञापन

उहाँले भन्नुभयो, यो थेरापी जहिले गरिराख्नु पर्देन, स्वास्थ्यमा समस्या आयो भने मौरी थेरापी गर्छु निको हुन्छ ।
मंगलबार भएको तेस्रो अन्तर्राष्ट्रिय एपि थेरापी सम्मेलनमा नेता खनालले मौरी थेरापीबाट आफूलाई भएको लाभबारे प्रस्ट पार्नु भयो ।

खनालका अनुसार हामीले अपनाउने विभिन्न उपचार विधिमध्ये मौरी थेरापी पनि राम्रो विधिको रूपमा सिद्ध भएको छ । 

कहिले ढाड दुख्ने, मसल पेन हुने कुराको निम्ति मौरी थेरापी गरे, यसले मलाई धेरै फाइदा पनि गरेको छ ।


बी व्रेडले शरीरलाई स्वस्थकर बनाउने तथा प्रोपोलिसले रोग निरोधक शक्तिलाई अभिबृद्धि गर्ने तथा यसले एन्टिवायोटिकको भूमिका पनि खेल्छ । कतिपय चोटपटक लागेको ठाउँहरुमा या, संक्रमण भएको ठाउँमा पनि प्रोपोलिक्सको लाभदायक हुन्छ । मौरी थेरापी र यसबाट उत्पादित बस्तुकाे सेवनपछि रोगको निको हुने विश्वास ब्यक्त गर्नुभयो ।

शरीरको भित्री भागहरुको सङ्क्रमण हुने समयमा प्रोपोलिक्सले एन्टी वायोटिकभन्दा पनि राम्रो काम गर्छ । यो कुराको बारेमा सम्पूर्ण नेपाली जनताले थाहा पाउन र यसलाई प्रयोग गर्न जरुरी रहेको पूर्वप्रधानमन्त्री खनालले बताउँदै मौरीको महत्वबारे पनि जान्न जरुरी भएकाे बताउनुभयाे ।

बिज्ञापन

बैज्ञानिक अल्र्वर्ट आइनस्टाइनका अनुसार


उहाँको भन्नुभयो, ‘बैज्ञानिक अल्र्वर्ट आइनस्टाइनका अनुसार मौरीले हाम्रो सम्पूर्ण सभ्यता शृङ्खलालाई ब्यबस्थित राख्न भूमिका खेलेको छ ।’ चाहे मानव वा वनस्पति जीवन हो यसको उन्थान र विकासको लागि मौरीको निर्णायक भूमिका हुन्छ ।  मौरी संसारबाट लोप भयो भने चार वर्षभित्रमा सम्पूर्ण मानव सभ्यता र वनस्पतिको जीवन समाप्त हुन्छ त्यसैले प्रकृतिको संरक्षणको निम्ति पनि अत्यन्त महत्वपूर्ण जीव हो ।मौरीको सुरक्षा र प्रवर्धन मानव जातिले नै गर्नुेपर्ने बताउँदै खनालले देशको वनस्पति र वनजङ्लको संरक्षण गर्न सक्यो त्यतिलै मौरीको पनि संरक्षण गर्न सकिने प्रष्ट पार्नुभयो । हामीले मौरीको महोत्वबारे बुझाउन सक्यो भने मात्र सिङ्गो समाजलाई फाइदा पुग्छ

बिज्ञापन

मौरी विज्ञान केन्द्रका प्रमुख डा.रत्न थापाका अनुसार


मौरी उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम हुनुपर्ने जानकारी दिदै मह, कुट, कुटको चोप, विभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिने बताउनुभयो ।थापाका अनुसार मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोगलगायतको उपचार गर्न सकिन्छ । रुघाखोकी र नसाको रोगका लागि खोटोबाट गर्न सकिन्छ भने मौरीको घारबाट नेभुलाइजर जडान गरी छाती र फोक्सोको उपचार गर्न सकिने उहाँले बताउनुभयो ।यस्तै मौरीको टोकाइ विधिबाट स्तन क्यान्सरको समेत लाग्न नदिने अनुसन्धानले प्रमाणित भइरहेको जानकारी दिनुभयो ।

थापाले भन्नुभयो, “मौरीको घारमा आएको आवाज र त्यहाँ उत्पन्न रसायनको कारण शारीरिक स्वस्थतालाई मद्दत पुग्ने गर्छ ।” यसैगरी चाया, पोतो, चाउरीपना लगायतको उपचारका लागि पनि मौरी थेरापी राम्रो मानिएको बताउनुभयो । (गोरखापत्र)

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
5
+1
0
+1
0
+1
1
+1
0
+1
0