कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मौरीपालनतर्फ किसानको बढ्दाे आकर्षण

कैलालीको लम्की चुहा ९ प्रतापपुर का प्रदिप न्यौपाने यतिबेला टीकापुर पार्क छेउ जंगल मा मौरी चराउन व्यस्त छन्। व्यवसायिक मौरीपालन गर्दै आएका उनी मौरीका घार बोकेर वनमा जाने गछर्न्।

बिज्ञापन

३ वर्षदेखि व्यवसायिक मौरीपालन गर्दै आएका उनी मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक वनमा पुग्ने गर्दछन्। मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीका घार ठाउँठाउँ पुर्‍याउन पनि उनलाई कुनै कुनै झन्जट लाग्दैन ।

मसँग धेरै मौरी त छैन । व्यवसायलाई विस्तारै बढाउँदै गएको छु । मिहेनतअनुसार आम्दानी राम्रो छ। सिजनमा राम्रो आम्दानी हुन्छ। त्यहीँबाट आएको पैसाले घर खर्च, भाई बैनी को पढाइलगायतको सबै खर्च बेहोर्ने  गर्छन।”

बिज्ञापन
No data was found

उनको सबै परिवार नै कृषिमा केन्द्रित छ । “कृषिलाई नै प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । राज्यले मौरीलाई पनि कृषिसँग जोडेको छ तर त्यसमा किसानलाई कुनै अनुदान सहयोग अहिलेसम्म पनि भएको छैन । बनमा मौरी चराउन गएको समयमा बिषादी हालेर उनका लाखौ मौरी लै तहस नहस बनाउदा समेत उनले हार खाएनन त्यो विषयमा स्थानीय तहको कुनै किसिमको ध्यान नगएको उनको गुनासो छ |

बिज्ञापन
No data was found

उनि मात्रै होइन, पछिल्लो समयमा किसान व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन् । जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा किसानले अन्य व्यवसाय गर्दै आएको भए पनि मौरीपालनमा किसान आकर्षित हुन सकेका थिएनन् । विशेष गरी पूर्वी क्षेत्रबाट मौरीपालक किसान तोरी फुल्ने समयमा मौरीका घार बोकेर कैलालीका विभिन्न ठाउँमा आउने गर्छन् । 

त्यहाँबाट आएका मौरी पालक किसानबाटै मौरीपालनमा आकर्षित भएको पाइन्छ । कतिपय किसानले व्यवसायिकरुपमा काम सुरु गरेका छन् भने कतिपयले भर्खरै मौरीपालन व्यवसाय सुरु पनि गरेका छन् । बजारीकरणको समस्या नभएका कारण पनि किसानहरू मौरीपालन व्यवसायमा आकर्षित भएको पाइन्छ । किसानले अहिले उत्पादन भएको मौरीको मह प्रतिकेजी रु ७०० भन्दा बढीमा बिक्री गर्दै आएका छन् । 

अन्य कृषि क्षेत्रका लागि आवश्यक मात्रामा बजेट विनियोजन भएको भए पनि स्थानीय सरकारल मौरी पालक किसानका लागि भने भर्खर अनुदानको व्यवस्था गर्न थालेको थाले पनि अनुदान भने पाउन सकेका छैनन ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0