सप्तरीमा म्यादी प्रहरीमा भर्ना गराई दिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महादेव गाउँपालिका-२ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
स्थानीय तहको निर्वाचन २०७९ लागी म्यादी प्रहरी भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिहरूसँग उनले रकम लिएको आरोप छ।
म्यादीमा लगाइदिन्छु भन्दै फकाएर रकम लिएको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0