सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३ सय शैय्याको अस्पताल यसैबर्षदेखि संचालनमा आउने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उदेश्यले एक दशक अघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए।
गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ। यसै आर्थिक बर्षमा ३ सय शैय्याको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेका छन्। प्रधानमन्त्रीको निर्देशन अनुसार यसै आर्थिक बर्षदेखि अस्पताल सुरु हुन लागेको हो।
उक्त समितिले ७५ विगा जमिनमा फैलिएको अस्पतालमा ढल, विजयली र पानीको तत्काल प्रवन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो। सोही सुझावका आधारमा आवस्यक सबै कामहरु यसै आर्थिक बर्षको सुरुदेखि अघि बढाइने भएको हो। गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो।