रुख कटहर स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । कटहरमा थुप्रै पोषक तत्व पाइन्छन् । कटहरको सेवनले प्रतिरोधी क्षमता वृद्धि हुनुका साथै पाचन क्रियामा पनि सुधार आउँछ, साथै यसले कब्जियतको समस्यामा पनि राहत प्रदान गर्छ । मुटु रोग, कोलन क्यान्सर र पायल्सको समस्यामा पनि कटहर निकै फाइदाजनक हुन्छ ।
कटहरमा भिटामिन, मिनरल्स, फाइटोन्युट्रियन्ट्स, कार्बोहाइड्रेट, इलेक्ट्रोलाइट्स, फाइबर र प्रोटिन पाइन्छन् । यद्यपि, कटहरमा क्यालोरीको मात्रा धेरै हुन्छ, तर पनि यो कोलेस्ट्रोल वा स्याचुरेटेड फ्याटबाट छुटकारा दिन सक्छ ।
कटहरका फाइदा हुनुका साथै यसका केही बेफाइदा पनि छन् । यस्तो अवस्थामा केही मानिसहरुले कहटर खानु हुँदैन । यसबारे जानकारी लिऔँ । कतिपय व्यक्तिलाई यसको सेवनले विभिन्न खालका हानी वा एलर्जीको सामना गर्नुपर्ने हुनसक्छ ।
बिर्च पोलन एलर्जी :
यस्ता मानिसहरुमा जसलाई बिर्च पोलन एलर्जी छ, उनीहरुले रुख कटहर खानुहुँदैन । यो वसन्तको मौसममा हावाबाट हुने एलर्जी हो । यस्ता मानिसहरु जसलाई रगतसँग सम्बन्धित कुनै रोग छ, उनीहरुले पनि रुख कटहरको सेवन गर्नु हुँदैन ।
यद्यपि, कटहर मधुमेहका बिरामीका लागि निकै फाइदाजनक साबित हुनसक्छ तर मधुमेहका बिरामीले कम मात्रामा मात्रै यसको सेवन गर्नुपर्छ नभए यसले शरीरमा ग्लुकोजको स्तर बढाउन सक्छ ।