कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

यातायात कार्यालयबाट ६ जना बिचौलियाहरू पक्राउ

काठमाडौंबाट प्रहरीले ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ।  यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

बिज्ञापन

पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका-२ घर भई बाफल बस्दै आएका २४ वर्षीय अजय मगर, रौतहट चन्द्रपुर नगरपालिका-१ घर भई बौद्ध बस्दै आएका ३३ विश्‍व वल्लभ लामा र सोही घर भई बाफल बस्ने २४ वर्षीय सुवास योन्जन लामा छन्।

यस्तै उदयपुरगढी नगरपालिका-२ घर भई स्वयम्भु बस्दै आएका सुरज भन्‍ने वीर बहादुर मगर, झापा मेचीनगर नगरपालिका-३ घर भई पेप्सीकोला बस्दै आएका २४ वर्षीय विशाल उप्रेती र सर्लाही परवानीपुर नगरपालिका-१६ घर भई सीतापाइला बस्दै आएका २४ वर्षीय विमल पुलामी पक्राउ परेका छन्।

बिज्ञापन
No data was found

प्रहरीले उनीहरूलाई बिहीबार सानो भर्‍याङ्गस्थित यातायात व्यवस्था कार्यालयबाट पक्राउ गरेको हो। सेवा लिन आएका सेवाग्राहीहरूलाई सेवा लिने/दिने कार्यमा बाधा पुर्‍याएर लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिन खोजेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए।

बिज्ञापन
No data was found

उनका अनुसार छिटो छरीतो काम गरिदिने भनी आश्‍वासन दिएर जबरजस्ती सेवाग्राहीहरूलाई तानी सरकारी काममा बाधा अवरोध पुर्‍याई अनावश्यक दुःख हैरानी दिएर अभद्र व्यवहार गरेको सूचना प्राप्‍त भएको थियो।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0