बर्दिया — नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सल्लाहकार एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालवीर चौधरीले सरकारमा जानका लागि सर्तहरू राखेका छन् । उनी स्वतन्त्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।
उनले रेशम चौधरीलगायत सात जना राजबन्दीलाई रिहाइ गर्नुपर्ने आफूहरूको पहिलो सर्त रहेको बताए । यसबाहेक पहिचानका मुद्दासहितका सर्तहरू सरकारले पालना गरे मन्त्रीमण्डलमा सहभागी हुन सकिने उनले बताएका छन् ।
उनले समानुपातिको गणना सकिएपछि बैठक बस्ने र त्यसबारे निर्णय गरिने बताए । उनी रेशमलाल चौधरीका बुबा हुन् । उनले गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका सुरेश पन्थलाई पराजित गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभामा कैलालीबाट तीन जना प्रतिनिधिसभामा निर्वाचित भएका छन् । बर्दियामा रहेका दुई निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभामा दुई जना सदस्य निर्वाचित भएका छन् ।