लम्की : नेकपा एमालेको लम्कीचुहा नगर अबिधेशनमा संघिय सांसद तथा एमाले केन्द्रिय सदस्य झपट रावलाई बहिष्कार गरिएको छ । नेकपा एमाले लम्कीचुहाको प्रथम नगर अबिधेशनमा सहभागि हुन आएका सांसद रावल कार्यक्रममा प्रबेश नै नगरी फर्किएका छन ।
नेकपा एमालेका केन्द्रीय सल्लाहाकार तथा पुर्ब मन्त्री भिमबहादुर कडायतलाई प्रमुख अतिथी बनाएपछि सांसद रावल कार्यक्रम स्थलमा प्रबेश नै नगरी फर्किएको स्रोतको दावि छ ।

बर्षमा एकचोटी मात्र आफ्नो निर्बाचन क्षेत्रमा आउने, यस क्षेत्रका जनता र कार्यकर्ताको मनोभावना अनुसार काम नगर्ने, पार्टिलाई फुटाउन, पार्टिलाई कमजोर बनाउने कार्यमा सक्रिए भएको आरोप लगाउदै कार्यकर्ताले कार्यक्रम स्थलमा प्रबेश गरे बहिष्कार गर्ने थाहापाए पछि सांसद रावल कार्यक्रम स्थलमा नै प्रबेश नगरेको स्रोतको दावि छ ।
शुरु देखि नै पार्टि अध्यक्ष केपि शर्माओलीको समर्थनमा रहेका स्थानिय कार्यकर्ता र पार्टि बिभाजन भई सकेपछि पुर्बःवत माधव नेपाल समुहमा रहेका कार्यकता बिचको प्रत्यक्ष मनमुटाव नगर अबिधेशनमा देखिएको स्रोतले बताएको छ ।
सोमबार देखि कैलालीको लम्कीमा नेकपा एमाले लम्कीचुहाको प्रथम नगर अबिधेशन सुरुभएको थियो |
साभार : पत्रपत्रिका