हिन्दुहरुको महान चार्ड बिजया दशमी (बडा दशैं) यो बर्ष असोज १० गते देखि सुरु भएको थियो | ९ गते श्रोह श्राद को आन्तिम दिन औशी को पछिल्लो दिन अर्थात प्रतिपदा देखि दशैँ का १० दिन को सुरुवात भएको मानिन्छ |
वडादशैंका नवरात्र अन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।
नौ वटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ।
भोलि असोज १७ गते महाकाली अर्थात् कालरात्री को पुजा गर्ने चलन छ | आआफ्नो चलन अनुसार बोका, मुर्गा, आदिको बलि दिदै महाअष्टमी को दिन कालिका को पुर्जा गर्ने प्रचलन रहिआएको हो | देवी ले कालिका को रुप धारणगरि सोहि दिन दानव को अन्त्य गरेको हुदा दानवको मृत्यु सम्झी देवीलाई खुशीपार्न बलिदिने चलन रहेको हो |
दानवको बध गरी नवमीको दिन युद्धस्थल देखि फर्केको र दशमीको दिन घरमापुगी घरका मान्यजनले देवीलाई बिजयीको सम्मान स्वरूप असिस दिदै टिका टालो र नौ दिन देखि पुजा आराधना गदै आएको जमरा लगएको जनविश्वास रहेको छ | सोहि दिन लाइ बिजया दशमी को रुपमा मनाउने चलन रहिआएको पुरोहितहरु बताउँछन् |
यो बर्षको टिका को साहित् देवीलाई बिहान १०:३४ मा लागाउने र आफुले बिहान ११:५१ मा लगाउने सर्वोतम समय रहेको नेपाल पंचान्क समितिले जनाएको छ |