कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

रानीजमरामा नहर निर्माण सकियो, जलविद्युतको काम अन्तिम चरणमा

Facebook
Twitter
WhatsApp

पूर्वी कैलालीको ३८ हजार हेक्टर क्षेत्रमा सिँचाइको सुविधाका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम २०६३ सालदेखि सुरु भयो। कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाइ प्रणाली सञ्चालन हुँदै आएकोमा रानीजमरा र कुलरिया सिँचाइ प्रणालीलाई वृहत रूपमा विकास गर्न सरकारले यो आयोजना निर्माण थालेको थियो। 

बिज्ञापन

निर्माण सुरु भएको १५ वर्षमा आयोजनाको मूल नहर निर्माणको काम पूरा भएको छ। ८ दशमलव ८५ किलोमिटरको मूल नहर, १४ दशमलव ६५ किलोमिटरको लम्की र ११ किलोमिटरको रानीजमरा क्षेत्रको मूल नहरको काम पूरा भएको रानीजमरा कुलारिया सिँचाइ आयोजना टीकापुरका सूचना अधिकारी प्रेम लासिवाले बताए। ‘मूल नहरको काम पूरा भएको छ,’ उनले भने, ‘कार्तिकमा भरिएको ग्राभेल भने हटाउन बाँकी छ। निर्माण कम्पनीलाई भनेका छाै‌।’

तीन वटा पराम्परागत कुलाबाट कैलालीमा सिँचाइ सुविधा सञ्चालन हुँदै आएकोमा १९८५ मा कर्णाली नदीमा आएको ठूलो बाढीले तीन वटै कुलोमा क्षति गरेको थियो। सरकारले एकीकृत सिँचाइ आयोजनाका रूपमा अध्ययन गर्दै रानीजमरा कुलारिया सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण अघि बढाएको हो। 

बिज्ञापन

जलविद्युतको काम पूरा नभएकाले सिँचाइको लागि पानी नहरमा पठाइएको छैन। असारसम्म जलविद्युतको काम पूरा हुने बताउदै निर्माण व्यवसायी उदय पौडेलले जलविद्युतको उपकरण जडानको काम थालिएको बताए। उनले भने, ‘संरचना निर्माणको काम सकिएको छ। हामी उपकरण जडानमा छौ। असारसम्म विद्युतका उपकरण जडानको काम पूरा गर्ने लक्ष्यमा छौं।’

बिज्ञापन

करीब २७ अर्बको उक्त आयोजनामा जलविद्युतको काम थपिएको थियो। चालू आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ। जलविद्युत आयोजनाको काम पूरा हुने दाबी गरिएको छ। जलविद्युतको काम पूरा भए सिँचाइका लागि नहरमा पानी छोडिने छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0