कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

राष्ट्र बैंकले शनिवार र सार्वजनिक बिदाको दिन पनि काउण्टर खोल्न बैंकहरुलाई निर्देशन

नेपाल राष्ट्र बैंकले शनिवार र सार्वजनिक बिदाको दिन पनि काउण्टर खोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।

बिज्ञापन

चैत मसान्तको राजस्व उठाउनुपर्ने भन्दै केन्द्रीय बैंकले सार्वजनिक बिदाको दिन पनि बैंक खोल्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको हो ।

राजस्व तिर्ने सेवाग्राहीलाई बैंक बन्द हुँदा हुनसक्ने असहजतालाई मध्यनजर गर्दै त्रैमासको अन्तिममा २५ गतेदेखि मसान्त सम्म बिदा वा शनिबार भए पनि राजस्व संकलन गर्ने शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

बिज्ञापन
No data was found

यस्तै चेक क्लियरिङ गर्ने प्रयोजनका लागि सबै बैंक तथा वित्तीय संस्था, नेपाल क्लियरिङ हाउस पूर्णरूपमा खुल्ला गरेर राजस्व बुझ्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बिज्ञापन
No data was found

सरकारले राष्ट्र बैंकलाई बैंकको शाखा खोलिदिन आग्रह गरेपछि २०७५ असार २६ देखि नै प्रत्येक त्रैमासमा बिदाका दिन पनि शाखाहरु खुल्न थालेका हुन् ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0