कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

लक्ष्मी वानमाथि ओम सहाराको ८ विकेटले जित

Facebook
Twitter
WhatsApp

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा जारी खुल्ला टि–ट्वन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार ५ औं दिनको खेलमा ओम सहारा पञ्चकन्याले लक्ष्मी वान क्रिकेट टिमलाई ८ विकेटले पराजित गरेको छ ।

बिज्ञापन

दुर्गा पूजा समिति मलंगवा–१० ले जिविस मैदानमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत आइतवारको खेलमा टस जितेर पहिले व्याटिङ गरेको लक्ष्मी वानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । पञ्चकन्याका लागि श्याम गोसाईले सर्वाधिक ४७ रन बनाए ।

ओपनिङ्ग गर्न आएका श्यामले टिमलाई बलियो सुरुवात गरेपनि त्यसपछि आउने खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पञ्चकन्याका लागि विशाल कुमारले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

बिज्ञापन

१ सय ५६ रनको लक्ष्य पच्छयाउन मैदानमा उत्रिएको पञ्चकन्याले निर्धारित २० ओभरको खेलमा १२.२ ओभरमा २ विकेट गुमाउँदै जित हात पा¥र्यो । पञ्चकन्याका लागि ओपनिङ्ग गर्न आएका भारतीय खेलाडी सन्नी कुमारले अविजित १ सय ८ रनको योगदान गरे ।

बिज्ञापन

सन्नीले खेलमा १९ चौका र २ छक्का प्रहार गर्दै टिमले विजयी बनाएका हुन् । लक्ष्मी वानका लागि शिवा र मुनाले समान १÷१ विकेट हात पारे । आइतवारको खेलमा म्यान अफ द म्याच शतक प्रहार गर्ने खेलाडी सन्नीलाई प्रदान गरिएको आयोजक समितिका अध्यक्ष रामकेवल रायले जानकारी दिएका छन् ।

आयोजकका अनुसार सोमवारको खेल ढाका बोर्डर मलंगवा ४ र विजडम कोचिङ्ग सेन्टर मलंगवा १० बीच हुने छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0