कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्किचुहाको कम्प्युटर शिक्षामा भदौ ५ देखि नयाँ शुल्क लागु हुने

Facebook
Twitter
WhatsApp

लम्की : कैलालीको लम्किचुहा नगरपालिकामा रहेको लम्किचुहा कम्प्युटर एसोसिएसनले बढ्दो महंगी र देशका सम्पूर्ण क्षेत्रको शुल्क तथा ज्याला बढेको भन्दै भाद्र ५ गतेदेखि लागुहुने गरि आफ्नो पालिकामा नयाँ शुल्क निर्धारण गरेको छ |

बिज्ञापन


२०७६ साल माघमा गठन भएको एशोसियसनमा सुरुको अवस्थामा १२ वटा संस्थाहरु रहेका थिए | २०७६ सालकै कोरोनाको कारण भएको लकडाउनले गर्दा एसोसिएसन र आबद्ध संस्थाहरुमा गहिरो चोट पुगेको थियो र कतिपय संस्थाहरु बन्द भएका छन |


जमाना देखिनै बिधार्थीलाई पढाई गरिदै आएका कम्प्युटरका कोर्ष भित्रको कुराहरुमा थप परिमार्जन गर्दै २०७६ सालमा नयाँ कोर्षको कन्टेन्ट राखी लम्किचुहामा शुल्क वृद्धि गरी पालिका भरिका इन्स्टिच्युटहरुमा एकै प्रकारको रेट लागु गरिएको थियो र सो रेट र सो समयका आवद्ध संस्थामा पनि आज परिवर्तन गरिएको छ |

बिज्ञापन


२०७९ भाद्र ५ गते आइतबार देखि लागुहुने गरी बिभिन्न कम्प्युटर कोर्षको शुल्क र बिषयसूचीमा वृद्धि गरिएको छ | उहिलेको बिषयसूची अलि पुरानो भएको र उही शैलीमा पढाइ भैरहदा विधार्थीलाई नयाँ कुराको कमि हुदै आएको देखिएको हो |

बिज्ञापन


३ महिने बेसिक कम्प्युटर कोर्षको रु. ५,००० र बेसिक पछीको ६ महिले डिप्लोमा कोर्षको शुल्क रु. १०,००० निर्धारण गरिएको छ | साथै अन्य कोर्षको जानकारी तलको फोटोमा देख्न सक्नुहुनेछ |

नया कोर्ष र सो को नया शुल्क


साथै माथि उल्लेख गरिएको शुल्क र एसोसिएसनले बनाएको बिषयसूची अनुसार नजाने जुनसुकै संस्थाले जरिवाना स्वरूप एकपटकको रु. ५,००० तिर्नुपर्ने भन्दै सबै आबद्ध संस्थाले मन्जुरी गर्दै सम्झौता पत्रमा छाप सहित हस्ताक्षर समेत गरीसकेका छन |

सबैको मन्जुरीनामा सम्झौता पत्र


यसरी बनाएको सम्झौता पत्र र कोर्षको शुल्क निर्धारण ब्यानर आफ्नो कार्यालयमा सबैले देख्नेगरी टास्नुपर्ने छ | नियमको पालना गरे नगरेको हेर्ने १ अनुगमन संयोजक सहित २ मिलाई जम्मा ३ सदस्यीय अनुगमन टोलि समेत बनाएको समितिका सचिव धर्म राज देवकोटाले जानकारी दिनुभएको हो |


यसरी बनेको उक्त लम्किचुहा कम्प्युटर एसोसिएसनमा हाल लम्कीचुहामा क्षेत्रभित्र कानुनीरुपमा दर्ता भै संचालनमा आएका ७ वटा संस्थाहरु आवद्ध रहेका छन, एसोसिएसन को अध्यक्षमा मिनराज पन्त र अनुगमन टोली संयोजकमा भिम केसी रहेका छन |


आगामी दिनमा नयाँ इन्स्टिच्युटहरु संचालन भएमा सो संस्थाहरुले समेत अनिवार्य रुपमा एसोसिएसनमा जोडिनुपर्ने र जोडिदै लगिनेछ | साथै दर्ता नभएकालाई भने एसोसिएसनमा समावेस नगरिने सचिवले जानकारी गराउनुभएको हो |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
3