कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

 लम्किचुहामा निर्वाचन अधिकृतको कार्यालय स्थापना : कार्यतालिका यस्तो रहने

लम्की :  निर्वाचन आयोगले कैलाली को लम्किचुहा नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। पालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

बिज्ञापन

निर्वाचन अधिकृत हिरालाल चौधरी रहनुभएको उक्त कार्यालयमा उमेदवारी को मनोनयन दर्ता गर्ने समय देखि मतदान गर्ने समय सम्म को समय तालिका सार्वजनिक गरिएको छ |

मनोनयन पत्र दर्ता गर्ने समय ११ गते १० बजे देखि १२ गते १७ बजे सम्म , मनोनयन दर्ता को सुची प्रकाशन १२ गते १८ बजे भित्र, उमेदवार को बिरुद्ध उजुरी दिने १३ गते १० बजे देखि १७ बजे भित्र, र उजुरी माथी जाचबुझ १४ गते १० बजे देखि १५ गते १७ बजे सम्म रहेको छ |

बिज्ञापन
No data was found

त्यस्तै मनोनयन व्यक्तिको नामावली प्रकाशन १५ गते १८ बजे भित्र, उमेदवार को नाम फिर्ता लिने १६ गते १० बजे देखि १७ बजे सम्म, अन्तिम नामावली प्रकाशन १६ गते १८ बजे भित्र रहेको छ भने निर्बाचन चिन्न प्रदान १७ गते १० बजे देखि १७ बजे सम्म रहेको सूचना मा उल्लेख छ |

बिज्ञापन
No data was found
प्रकाशित सुचनाको निस्सा
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0