कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्किचुहामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध ‘भिडियो सहित’

लम्की: कैलालीको लम्कीचुहा नगरपालिका-४ मेलडाडा बलिया की ५५ वर्षीय मनसरा न्यौपानेको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

बिज्ञापन

आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलाली जिल्लाको लम्किचुहा नगरपालिका ४, बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

सर्वप्रथम मोटरसाइकलकोक ठक्कर बाट घाइते उनलाई उपचारको लागी कोहलपुर मेडिकल कलेजमा लागिएको थियो | ठक्करबाट घाइते भएकी मनसरको कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो ।

बिज्ञापन

उनको मृत्युपछि अहिले उनको सव घटनास्थलमै राखी आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।

बिज्ञापन

ठक्कर दिने मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0