कैलाली : जिल्लाको लम्किचुहा नगरपालिकामा संसद र रास्ट्रिय शभा बाट पारित भैसकेको नागरिता विधेयक को खारिजिको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा) ले आज एक कार्यक्रमका बीच पालिका को वार्ड न २ मोतिपुर हुदै वार्ड नं १ को लम्की चौराह सम्म राके जुलुस निकालेका छन |
नागरिता विधेयक को खारिजिको माग राख्दै उहाहरुले यसरी राके जुलुस निकालेका थिए | साथै उहाहरुले एम.सि.सि. र एस.पी.पी. को समेत खारिजिको माग राख्दै प्रधानमन्त्री शेर बहादुर देउबाको पुत्ला दहन समेत गरेका थिए |
राष्ट्रियता र राष्ट्रको हितमा नभएका कुराहरु पालैपालो पास गरिदै लैजाने गरेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरिएको कार्यकममा सहभागी एक कार्यक्रताले जानकारी गराए |
उनीहरुले प्रधानमन्त्री को कार्यक्रम मा बिरोध गर्दा प्रकाउ परेका देश भक्त साथीहरूलाई समेत सरकारले तुरुन्तै रिहाई गर्नुपर्ने माग राखेका छन् | यो नागरिकता विधेयकले हामी नेपालीको स्वाभिमानमा नै आच आउने र रास्ट्रलाई बिदेशीकरण गर्ने भएकोले यस्तो माग राखेको बताएका हुन् |
राके जुलुस लम्किचुहा को मुख्य सहर लम्की बजारमा लगभग १ घण्टा जति जारी राखी कार्यक्रमको समापन भएको थियो |